खबरब्रेकिंग,काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा फेरबदल गरेका छन्। प्रधानमन्त्रीले जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्री नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्री साहले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथ ग्रहण गराए। साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend