शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

फाइल फोटो
खबरब्रेकिंग, डोटी,साउन २४ गते । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरू बिरामी भएका हुन् ।

दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिए ।

बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली रहेका छन् ।

बिरामी भएका सबैको आदर्श गाउँपालिाकास्थित मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend