खबरब्रेकिंग, काठमाडौं, साउन २२ गते । प्रहरीले डर त्रास दिई व्यवसाय सञ्चालनमा अवरोध गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं सेक्रेटरी दीपक मानन्धरलाई पक्राउ गरेको हो।
साउन १७ गते रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा प्रवेश गरी उनले कर्मचारी तथा जिम गर्दै गरेका व्यक्तिलाई धम्की दिई बाहिर निकाली जिमहल सञ्चालन गर्न नदिने त्रास देखाएका थिए। जिमहल सञ्चालन गर्न नदिने भन्दै लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराएपछि परेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको। सोमबार मानन्धरलाई अपराधिक लाभ लिन नहुने सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको परिसरका प्रवक्ता मिलन केसीले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend