राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुरुवात राम्रो गर्दै हुनुहुन्छ , तर विदेशमा गैसकेकाले मिनिमम लाख भन्दा बडी कमाई गरिरहेकालाई दिएको प्रस्ताव कसरि स्वीकार्य होला जसले लाखौ खर्च गरेर गएका छन् , ऋणी छन् , ऋण नतिरी आउन सक्दैनन। किन पढे लेखेका युवाहरुलाई बाहिरिनु लाई रोक्ने योजना भएमा धेरै राम्रो हुने थियो, किन सबै संसद सदस्य , मन्त्री योजना आयोग र लोकसेवा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को देखासिकी नगर्ने।चितवनमा ब्लु बस सुरु भयो राम्रो कामको सुरुवात भयो , सेवा दिर्घकालिन होस्। मोबाइल क्लिनिकको योजना राम्रो काम हो। नेपाल सरकारले गर्न नसकेको काम सुरुवात भनेको ठूलो चुनौतीपूर्ण काम को उदय भएको छ। यस प्रकारका आवश्यकताहरू धेरै छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६ वटा समूहमा रोजगारी खोलिएको छ। मार्केटिङ एन्ड कम्युनिकेसन अन्तर्गत विभिन्न पदमा ४३ जना मागिएको छ। टेक्निकल समूहमा ३५ जना, फाइनान्स एन्ड एकाउन्टिङमा ७ जना, फुड एन्ड वेभरेजमा २७ जना म्यानेजमेन्ट एन्ड एड्मिनिस्ट्रेसनमा ३६ र हेल्थ केयर समूहमा १८ जनालाई रोजगारी दिने गरी विज्ञापन आह्वान गरिएको छ।
विदेशी मुलुक अन्तराष्ट्र पुगिसकेका प्राविधिकले नेपालमा भन्दा धेरै-धेरै गुणा बढी कमाउँछन्। रबि लामिछाने आफै पनि अमेरिकी देश बसेर आउनु भा हुदा थाहा छ। र पनि आट गरेर मिडियामा ल्याउनुमा केहि राम्रा पक्ष्य छन् र होलान आशा गरौ र कतिको लागि हासोको बिषय पनि बनेको छ। मेरो सुजाब छ। रबि जी युवा पलायन हुन् बाट रोक्ने योजनाको सुरुवात गर्नु नागरिकले १००% साथ दिने छन्। छोटो समयमा धेरै निर्णय नगर्नुहोस्। समय लियर योजना बद्द रुपमै अगाडी बढेमा राम्रो होला। नेपाली जनताले तपाइसंग धेरै आशा गरेका छन। तपाई युवाहरु काठमाडौं मेयर बलेन शाह, सभासाद ज्ञानेन्द्र शाही र मेयर हर्क सम्पाङ रास्ट्रको ज्योति हो निभ्नु हुन्न। पुरानो सुन नक्कली भयो। सुन तस्करी देखि देश भर भ्रष्ट गतिविधिहरु मात्र छ। केहि बाकी छैन। आजभोलि जताततै भ्रष्टाचारबारे चर्चा सुनिन्छ दण्डहीनता व्याप्तछ । नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो ।अनियन्त्रित मूल्य वृद्धि, चुलिँदो मुद्रास्फीति तथा बजार दरभाउ स्थिर छैन। त्यसैले भ्रष्टाचार नियन्त्रणका लागि मूल ठाउँ राजनीति तहबाट हुनुपर्छ। ‘आँखैअगाडि भ्रष्टाचार हुन्छ, लगाउने दफा हुँदैन’ भन्छन वकिलहरू जे जे मा त्रुटी छ सच्याउनु आवश्यक छ।
विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरण कायम गर्न मिलेर काम गर्ने बानि बसाल्ल्नु पर्छ , स्वच्छ पिउने पानी र पौष्टिक खानामा पहुँच प्रदान गर्दै। मानवीय क्रियाकलापबाट हुने क्षतिबाट वातावरण संरक्षण गर्ने । जनसंख्याको उचित व्यवस्थापन गर्नका लागि स्मार्ट पूर्वाधारको योजना बनाउने । गरिबी उन्मूलन, स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षा र पोषण जस्ता निरन्तर विकास प्राथमिकताहरूको साथसाथै यसले आर्थिक, सामाजिक र वातावरणीय उद्देश्यहरूको विस्तृत दायरा निर्धारण गर्दछ। यसले थप शान्तिपूर्ण र समावेशी समाजको पनि प्रतिज्ञा गर्दछ। यसले, महत्त्वपूर्ण रूपमा, कार्यान्वयनका माध्यमहरू परिभाषित गर्दछ। दिगो समाज तर्फ व्यावहारिक कदम चाहिन्छ, जनचेतना जगाउने शिक्षाको प्रवद्र्धन हुनुपर्छ, सरकारी र व्यावसायिक लगानी बढाउनु पर्छ , स्रोतको संरक्षण र फोहोर हटाउनुपर्छ , पुन मूल्याङ्कन गर्नु पर्छ।
यो देशमा दिगो विकास हासिल गर्ने एउटा तरिका भनेको सबैभन्दा कम भाग्यशाली मानिसहरूको जीवनस्तरमा वृद्धि गर्ने नीतिहरू तय गर्नु हो जसले गर्दा उनीहरू पछि आफ्नो वातावरणको हेरचाह गर्न सक्षम हुन्छन्। आफ्नो अन्तिम व्यक्तिगत जीवन लक्ष्यहरू विचार गर्नुहोस्, छोटो र दीर्घकालीन लक्ष्यहरू सेट गर्नुहोस्,आफ्नो क्यारियर लक्ष्यहरू समीक्षा गर्नुहोस्, आफ्नो समय सीमा विचार गर्नुहोस्, बजेट बनाउनुहोस्, आफ्नो लक्ष्य र योजनाहरू लेख्नुहोस् , छोटो अवधि र लामो अबधि , सक्रिय रूपमा आफ्नो लक्ष्य तिर काम गर्नुहोस्।
हरेक दिनलाई उत्कृष्ट दिन बनाउने भावनाका साथ भविष्यमा समय लगानी गर्नुहोस्। विषाक्त व्यक्तिहरू वा नकारात्मकतालाई थोरै पनि खुट्टा नदिनुहोस्, र राम्रो र खराब समयमा सकारात्मक रहन प्रतिबद्ध हुनुहोस्। जीवन भविष्यको लागि तयारी हो र भविष्यको लागि उत्तम तयारी भनेको कुनै संग पनि नभएको जस्तो जीवन बिताउनु हो।क्लिन चिट पाउनु हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend