शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

खबरब्रेकिंग, काठमाडौं साउन १७ गते । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकअघि माओवादी पदाधिकारी छलफलमा जुटेका हुन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा केन्द्रीय कमिटी बैठक र त्यसको तयारी तथा एजेन्डाबारे छलफल भइरहेको छ । त्यसपछि आजै स्थायी कमिटी बैठकसमेत बस्दैछ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्‍घाटन गर्ने छन् ।

पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठनिकसहितका विभिन्न प्रस्ताव पेस हुनेछन् । साथै बैठकले पार्टीको विधान अधिवेशनसहितका विषयमा पनि निर्णय लिने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend