आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ६५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

 

१० साउन ,काठमाडौ । क्यानडामा वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै ६५ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने गोरखा पालुङटार–२ का ३७ वर्षीय रविन आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार आचार्यले क्यानडामा राम्रो काम लगाइदिने भन्दै दुई जना व्यक्तिबाट ६५ लाख ९७ हजार रुपैयाँ लिएको आरोप लागेको छ। पैसा लिएको केही समयपछि उनी पीडितहरूसँग सम्पर्कविहीन भएका थिए।

पीडितहरूद्वारा दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले आचार्यलाई काठमाडौं महानगरपालिका–२६ स्थित सामाखुशीबाट पक्राउ गरेको हो।

पक्राउ परेका आचार्यलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले यस्ता ठगी घटनाबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend