आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

 

१७ असार, काठमाडाैं । राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुने कार्यक्रम छ ।

त्यस्तै, ११ वटा मन्त्रालयका सम्बन्धमा अघिल्लो छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त ‘नागरिकता विधेयक–२०८२’ सम्बन्धी सन्देश सभामा टेबुल गर्ने कार्यक्रम छ ।

त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ लाई राष्ट्रियसभाबाट पारित गर्ने प्रस्ताव समेत आजको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । साथै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा समेत बैठकमा जानकारी गराइने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend