आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा

१७ असार, काठमाडाैं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि रिक्त रहेको सो क्षेत्रमा आयोगले सोमबार बसेको बैठकबाट उपनिर्वाचन मिति तय गरेको हो । सांसद बोहराको गत चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको पद रिक्त भएको भनी सङ्घीय संसद सचिवालयले चैत ३१ गते आयोगलाई औपचारिक जानकारी गराएको थियो । संविधानअनुसार प्रतिनिधिसभाको कार्यकालमा छ महिनाभन्दा बढी अवधि बाँकी रहँदा कुनै स्थान रिक्त भएमा सोही निर्वाचन प्रणालीबाट पूर्ति गरिनुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन संघीय, प्रदेश र स्थानीय सरकारका निकाय, राजनीतिक दल, नागरिक समाज, मतदाता र सरोकारवाला सबैलाई सहयोग र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

आयोगले निर्वाचन मिति घोषणा भएसँगै देशभर सञ्चालन भइरहेका मतदाता नामावली दर्ता कार्य मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरेको पनि बताइएको छ । प्रवक्ता अर्यालका अनुसार कानुनअनुसार निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन कार्य रोकिने प्रावधान भएकाले आयोगले तत्काल नाम दर्ता स्थगन गर्ने निर्णय गरेको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend