२३असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार पार्टी सभापति शेर वहादुर देउवाको सभापतित्वमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग भएकाले उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय कांग्रेसले गरेको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend