खबरब्रेकिंग, काठमाडौं, साउन १५ गते । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता श्रीधर खनालले पार्टीका केहि नेता, कार्यकर्ताका कारण पार्टी बदनामी हुने खतरा देखिएको बताएका छन । आज सामाजिक संजाल आफनो आधिकारिक फेसबुकमा स्टाटस् पोष्ट गरी यस्तो कुरा बताएका हुन । उनले हजारौ जानताको बलिदानवाट स्थापित गौरवशाली पार्टी माओवादी केन्द्र पार्टीका केहि नेता कायकर्ताका कारण बदनामी हुने खतरा देखिएको उल्लेख गरेका छन । तस्कर, माफियाहरुसंगको खुलेयाम संगतले देश भक्त क्रान्तिकारी, इमान्दार, झुझारु कार्यकर्ताहरुको शिर झुकेको खनालको भनाई छ । हिजो देश र जनताको मुक्तिकालागी बलिदान दिएका सहिद प्रति गम्भीर अपमान र अपराध भएको खनालले बताएका छन । यो सामाग्री उनले पोष्ट गरेको केहि छिन पछि ब्यापक भाइरल भइरहेको छ । हेर्नुस यस्तो छ पोष्ट ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend