सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेरो मन्त्रालयबाट हुन सक्ने सहयोग गर्छुः मन्त्री बस्नेत

मेरो मन्त्रालयबाट हुन सक्ने सहयोग गर्छुः मन्त्री बस्नेत

खबरब्रेकिंग,काठमाडौं, साउन १२गते। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपाल रेडक्रसमा विसंगतिहरू मौलाउँदै गएको गुनासो गरेका छन्। ५८ औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले देशमा आउने विभिन्न संकटमा रेडक्रसले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

‘देशमा समस्या परेको समयमा रेडक्रम जस्तो संस्थाहरूको ठूलो भूमिका देखिन्छ। यसमा भएका केही विसंगतिहरुलाई न्यूनीकरण गर्दै जानुपर्छ,’मन्त्री बस्नेतले भने,‘काम जति पवित्र भयो त्यहाँ त्यती नै गुनासाहरू हुन्छन्, त्यती हुदाँ पनि रेडक्रसले आफ्नो भूमिका निर्वाह गरिरहेको छ।’

नागरिकले गरेको रक्तदानको सदुपयोग हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले भने,‘त्यसको सदुपयोग हुन सकेन् भने त्यो अपराध हुन्छ । आफूले गरेको काममा होसियारीका साथ क्रियाकलाप अगाडि बढाउनु पर्छ । यसबाट पाउँने आत्म सन्तुष्टि हो।’

नेपाल रेडक्रसको आफु पनि एक सदस्य भएको जनाउँदै बस्नेतले भने,‘म बाट हुन सक्ने, मेरो मन्त्रालयबाट हुन सक्ने सहयोग गर्छु। म तपाईंहरुको साथमा छु ।’ आगामी दिनमा अझ परिष्कृत भएर आफ्नो कामहरु अगाडि बढाउन र जनअपेक्षा तथा चहाना अनुसार काम गर्न पनि आग्रह गरे।‘संस्थाको उद्देश्य, कार्यशैली त्यसलाई पूर्णता दिन हामीले सक्छौँ। देशमा रगतको आवश्यकता परेको समयमा रक्तसञ्चार,रेडक्रस जस्तो संस्थाले रगत पुर्‍याउने काम गरेको छ।आगामी दिनमा पनि गरोस्,’उनले भने। स्वास्थ्य क्षेत्रको सुधारका लागि आफुले प्रयास थालेको पनि मन्त्री बस्नेले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend