शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

खबरब्रेकिंग, काठमाडौं साउन ११ गते । काठमाडौं आसपासका विभिन्न भू–भागमा आज बिहानैदेखि भारी वर्षा भएको छ । काठमाडौँका बुढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको हो ।

विष्णुमती नदीको गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यस क्षेत्रमा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend