शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमाले अध्यक्ष ओली र चिनियाँ नेताबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ नेताबीच भेटवार्ता

खबरब्रेकिंग, काठमाडौँसाउन ९ गते ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्याच्युनको टोलीले भेटवार्ता गरेको छ ।

आज बिहान एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको बताइएको छ ।चिनियाँ नेता युआनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरेका थिए भने आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend