शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पम्फा भुसालको नेतृत्वमा माओवादीका नेताहरू आज दिल्ली जाँदै

पम्फा भुसालको नेतृत्वमा माओवादीका नेताहरू आज दिल्ली जाँदै

खबरब्रेकिंग,काठमाडौं साउन ७ गते । नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदै छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरू भारत भ्रमणमा जान लागेका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेको हो । माओवादी केन्द्रका अनुसार भुसालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend