शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

पार्टी भित्र मतभेद हुँदा बहुमत ल्याउन सकिएनः देउवा

पार्टी भित्र मतभेद हुँदा बहुमत ल्याउन सकिएनः देउवा

खबरब्रेकिंग, काठमाडौं साउन ६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र मतभेद हुँदा बहुमत ल्याउन नसकिएको बताएका छन । उनले पार्टी भित्रको आन्तरिक एकता हुन नसकेको बताए ।

सुनसरीको इनरुवामा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिनुपर्ने बताए । उनले बारम्बार स्थायी शान्तिलाई जोड दिएका उनले लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।

उनले आजै सुनसरीको बहालमा बिपी कोइरालाको पूर्ण कदको शालिक अनावरण समेत गरे । ४१ औँ स्मृति दिवसमा बिपीलाई स्मरण गर्दै सभापति देउवाले बिपीको बारेमा जति बोलीपने कम हुने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend