खबरब्रेकिंग, काठमाडौं साउन ६ गते । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरुको संलग्नता हुन नसक्ने बताए । उनले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताए । उनले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend