सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाह्रमासे सिरियलले चर्चा बटुल्दै

बाह्रमासे सिरियलले चर्चा बटुल्दै

खबरब्रेकिंग, काठमाडौं, साउन ४ गते । नेपाली कथानक कमेडियन टेली सिरियल बाह्रमासेले राम्रो बजार पाइरहेको छ । यस सिरियलमा कथाबस्तु समसामयिक र कमेडियन सैलीमा प्रस्तुत गर्ने भएको हुनाले दर्शकहरुले रुचाउदै गएका छन । यस सिरियलको कथा लेखन र निर्देशन शिबराज शर्माले गरेका छन भने सह निर्देशन सुमन श्रेष्ठले गरेका छन । सिरियलको छायांकङ राजकुमार गिरीले गरेका छन भने गायक रसर्जक तथा कमेडियन कलाकार मोतिराज खनालले सिरियलको लागी मिठो लयमा रमाइलो गीत बनाएर गाएका छन । गीतको शब्द लेखन कलाकार मुकुन्द अधिकारी र गायक खनालले गरेका हुन भने संगित गायक खनालकै रहेको छ ।यस सिरियलमा अभिनय गर्ने कलाकारहरु निर्देशक शर्मा , सह निर्देशक श्रेष्ठ , गायक खनाल , बिनोद कार्कि , गौरब भण्डारी , कृष्ण गौतम , केशब पाण्डे मुस्काने जेठा , प्रेम कुमार शाही , माया क्षत्री , सेजला लगायत अन्य चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend