खबरब्रेकिंग, काठमाडौं, साउन ४ गते । राष्ट्रिय सभाको बैठक आज (बिहीबार)का लागि बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ ।
उक्त सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् ।
यसका साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend