खबरब्रेकिंग, काठमाडौं, साउन ४ गते । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहने जनाउँदै विभागले बाँकी स्थानमा मौसम सफा रहने पूर्वअनुमान गरेको छ ।अहिले सुदुरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने राति देशभरको मौसम आंशिकदेखि सामान्य बदलीरहन सक्ने अनुमान छ ।
दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।मनसुनी न्युन चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले सोमबारदेखि पानी पर्न कम भएको छ ।
पछिल्लो २४ घण्टामा विराटनगरमा सबैभन्दा धेरै पानी परेको छ, जहाँ २२ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । त्यसपछि जिरीमा १५ दशमलव २ मिलिमिटर, जुम्लामा ९ दशमलव १, ताप्लेजुङमा ७ दशमलव ४ र काठमाडौंमा २ दशमलव ९ मिलिमिटर वर्षा भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend