भक्त के सी
बौद्धिक ब्यक्तिहरु अचानक आकल झुकल जाग्ने अनि सेलाउने अनि केहि पनि नहुने अवस्था छ नेपालमा कुनै संगठित प्रतिबद्दता को निरन्तरता देखिदैन प्रबुद्द बर्गमा आज अब भविष्यमा के हुन्छ भन्ने डर मात्र छ , बौद्धिक समाजमा डिप्लोमा देखि पीएचडी सम्म सर्टिफिकेट हातमा हुनेले पनि स्वरोजगार खोज्नु पर्छ। विदेश पलायनहुनबाट रोकिनु पर्छ। राजनीतिक दललाई जनताको दबाब पुगेन।
फाट फुट बौद्धिक ब्यक्तिहरु जाग्दा, ‘सार्बजनिक सबाल’ बहसमा त आउछ तर त्यो भन्दा अरु केहि भएन नेपालमा आन्दोलन पछि के गर्ने भन्ने दिर्घकालिन निरन्तरता को कुनै योजना नहुदा फेरी असफल रास्ट्र तिर धकेलियो नेपाल रास्ट्रीयता कता छ ? नयाँ पार्टीको पहलमा कुनै भिजन र मिशन छैन कि जस्तो लाग्छ , तिनीहरूसँग पनि उचित तालमेल छैन, तिनीहरूले अझै आफ्नो विचार सार्वजनिक गर्न सकेनन्। चुनाव जितेर पद पाउनु ठुलो कुरा होइन , मीठो व्याख्यान गर्न सिपालुले मिडिया उपयोग गर्नुहुन्छ ,देश र नागरिक का पक्षमा कहिल्यै नबोल्नुले के बुज्ने नागरिकहरु आज पनि दुखि छन् आन्दोलित छन् , थाहा भएको कुरा हो समस्याबाटै हुर्केकालाई के भन्नु छ र ? नगरिकले दैनिक समस्या झेलिरहेका छन्। स्थानीय सरकारहरू, प्रदेश सरकार केन्द्र सरकार संग हार गुहार गरिरहेका छन् । संसदमा छलफल, राष्ट्र निर्माणका लागि केही हुदैन र छैन, राष्ट्र निर्माणको कुनै सृजनात्मक समाधान र के का लागि हो भन्ने नि छैन बर्षाका बेला बाढीपीडितले तत्काल उद्धार पाएका छैनन । यो सरकार कसको लागि हो किन हो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्र ले के बुजिंछ ? संसदीय व्यवस्थाको काम के हो, राष्ट्र निर्माणको योजना के हुन्। किन पछाडी पर्दै छ नेपाल , कस्का कारणकस्ट भोग्नु परेको छ ? नागरिकले , पिडा आजका युवाले बुज्नु पर्यो। संसद् घोच पेचका लागि मात्र छ। जनता प्रति जवाफदेही हुनुपर्ने व्यवस्था आफैंमा लोकतान्त्रिक अभ्यास हो।
०३६ साल, ०४६, र ०६२ सालमा युवाले बौद्धिक ब्यक्तिहरुले लडाई गरे आन्दोलन सफल पारे अनि घर गए चुपचाप बसे तेस्पछि गर्नु पर्ने सुससान को काम चाही विभिन्न पार्टीका भ्रस्ट ब्वाँसाहरुलाई छाडी दिए। जसको परिणाम हाम्रो सामु छ, म पनि ०४६ सालको समयमा ज्यानफालेर लागे पार्टीलाई सिरमा राखेर बहुमुल्य समय दिए , युवा जोस जागर थियो। पार्टीको, नेताको , विश्वास गरियो आज रास्ट्र कुनगतीमा छ , जग जाहेर छ, सक्ने भए देश , भन्ने डर त्रासदी मात्र छ। युवाहरुले छोड्नु हुने रहेनछ लागी राख्नु पर्ने रहेछ। अब अर्को परिवर्तनका लागि युवा पुस्ता सक्रिय हुनुपर्छ। राष्ट्र निर्माण योजना, भ्रष्टाचार विरुद्ध कार्यक्रम, विकासका गतिविधिहरुमा आ-आफ्नो सीप द्वारा समर्थन सहयोग गर्नु पर्छ। उच्च शिक्षाको लागि विदेश गएका युवाले आफ्नो मातृभूमिलाई नबिर्सनुहोस्। बिदेशमा कमाउनुहोस् आफ्नै देशमा लगानी गर्ने गर्नुहोस नबिसर्नुहोला त्योमाटो जसको सुगन्ध आजपनि तपाइको पसिनामा बगिरहेको छ। विद्यार्थीमा राष्ट्र, राष्ट्रिय. एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गराई राख्नुहोस् ।
इजिप्ट र तुनिसियाका अरब स्प्रिंगमा पनि तेही हाल भयो। युवा उर्लिए सडकमा, ठुलो आन्दोलन भयो तर अन्त्यमा तानासाह वा आतंककारी को भुमरीमा फसे अरब स्प्रिंग समाप्त भयो। आज धेरै असान्त सहर छन र पनि विकास हुदैछ। हामीले पनि सिको गर्नु सक्नु पर्छ। विदेशमा उत्पादन बिक्रीगरेर , जडिबुटी, विद्युत्, पर्यटन संस्कृति घरेलु उत्पादन थुप्रै छन्। खनन उत्पादनहरू स्टोन रूबी र धेरै उच्च गुणस्तर र बाहुमुल्ले धातु सरकारले कानूनी रूपमा निर्यात नीति लिन सक्छ दिर्घ कालिन आम्दानी स्रोत बन्न सक्छ।
नेपालमा युवा आन्दोलन सफल हुन्छ तर अब देशलाई कसले, कसरि र कहाँ लाने भन्ने गृहकार्य हुन्दैन, एस्तो हतारको अवस्थामा अन्तत फेरी भेडाको छाला ओडेका तिनै भ्रस्ट ब्वाँसाहरु को हातमा सासन जान्छ र सम्पूर्ण उपलब्धि तुहिन्छ , देश अधो गति तिर जान्छ। तिनीहरुलाई भविष्यमा के बन्न र गर्न चाहन्छौ सोध्नु पर्दा भाग्ने योजना बुनेको पाइन्छ।
युवा राजनीतिक मा अकर्सित देखिनु राम्रो हो तर एक झ्वाक जोस देखाएर मात्र पुग्दैन, निरन्तर लागि राख्नु पर्छ। आन्दोलन पछि देशलाई कसले, कसरि र कहाँ लाने भन्ने गृहकार्य भएन , आन्दोलन हुन अगाडिनै हुनु पर्छ। एस्तो भएमा मात्र सुशासन सृन्खालाबद्द ढंगले सहि बेक्ती द्वारा सहि बाटोमा हिडनेछ।
आज हामीले के–के खायौं भन्ने कुरा राम्रा र हाम्रा मिल्ने बौद्धिक जमात मा सीमित थियो र छ। बौद्धिक जमातका काम कर्तव्य के हो , रास्ट्रकालागि के हो योगदान ? राजनीतिका खेलाडीहरूका हरेक गतिविधिलाई नियाल्नु पत्रकारिताको कर्तव्य हो। बौद्धिक सम्पत्तिको संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक कानून एवं संयन्त्रहरुले किन बुज्दैनन, बौद्धिक ब्यक्तित्योले गर्नु पर्ने के हो भनेर भविष्यमा समेत अदालतप्रति हाम्रो आस्था, विश्वास र सम्मान रहने काम किन हुदैन , कसको कस्तो छ सोच विचार किन हुन्छ , हित अहित , सदुपयोग के हो ? दुरुपयोगले के भयो , बुद्धि त् सबै संग हुन्छ , अब तपाई चलाखी गर्नु हुन्छ कि इमान्दारी , चलाखी ४ दिन चम्किन्छ, इमान्दारी जिन्दगी भरी चम्किन्छ र ठूलो महान इतिहास बन्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend