१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ। असार १४ गते शनिबार बिहान ९ बजेका लागि तय गरिएको बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे विस्तृत छलफल हुने रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले जानकारी दिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत संलग्न भएको आरोप लगाउँदै रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध जनाउँदै आएको छ। यद्यपि मन्त्रिपरिषद बैठकले उक्त प्रकरण छानबिनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा समिति गठन गरिसकेको छ। तर रास्वपाले उक्त समिति अस्वीकार गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend