आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

यातायात कार्यालय भरतपुरका सहायकसहित २ जना अख्तियारको नियन्त्रणमा

यातायात कार्यालय भरतपुरका सहायकसहित २ जना अख्तियारको नियन्त्रणमा

३१ जेठ, काठमाडौं । यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले शुक्रबार दिउँसो  उनीहरूलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा  पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उक्क कार्यालयका प्रमुख एवं कर्मचारीहरू र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा भरतपुरबाट सञ्चालन भएको सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरूबाट १५ हजारदेखि २५ हजारसम्म रकम लिएर लाइसेन्स दिएको उजुरी आयोगमा परेको थियो । सोही विषयको अनुसन्धानका लागि आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ समेत आयोगको टोलीले बरामद गरेको छ । पाठकलाई भने यातायात व्यवस्था कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend