आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

३० जेठ, काठमाडौं  ।  हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रहरूमा सक्रिय रहेको मनसुनी प्रणालीले देशभरको मौसममा प्रभाव पारिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत मौसममा असर गरिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको जनाइएको छ।

यस्तै, तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज रातिको मौसम पनि दिनको जस्तै आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको अवस्था पनि जारी रहने जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend