सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना

 

२९ जेठ ,काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी र स्थानीय वायू प्रणाली सक्रिय छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायूको प्रभाव देखिएको छ।

महाशाखाले दिएको पछिल्लो विवरण अनुसार, हाल कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहेको छ।

दिउँसोको मौसम पूर्वानुमान अनुसार, कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा वा आंशिक बदली हुने महाशाखाले जनाएको छ।
कोशी प्रदेशलगायत पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने देखिएको छ।

आज रातिको मौसम पनि आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा फेरि पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ। उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

यात्रा, खेतीपाती तथा बाहिरी गतिविधिमा संलग्न नागरिकलाई मौसमको अवस्थाबारे अपडेट रहन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend