२९ जेठ ,काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बोलाइएको छ । दिउँसो ३ बजेका लागि छैटौँ अधिवेशनको २७ औँ बैठक बोलाइएको हो । तर, प्रतिपक्षीको अवरोधका कारण १३ जेठदेखि संसद् अवरोध हुँदै आएको छ ।
प्रतिपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिए पनि त्यसपछि भने उनीहरूले संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने र उनले पदबाट राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन् ।
उनीहरूले गृहमन्त्री लेखकले पदबाट राजीनामा नदिँदासम्म संसद् अवरोध जारी राख्ने अडान लिएका छन् । सोही कारण आज पनि संसद् अवरुद्ध हुने सम्भावना छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ।व। २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend