आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशीमा मनसुनको प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

कोशीमा मनसुनको प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

 

२३ जेठ, काठमाडौं ।  देशका पश्चिमी र मध्य क्षेत्रहरूमा हाल पश्चिमी वायु र स्थानीय वायु प्रणालीको प्रभाव देखिएको छ, भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशका अधिकांश ठाउँसँगै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा भने केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि कोशीसहित देशका पहाडी भागहरूमा आंशिक बदलीको अवस्था रहनेछ भने बाँकी भागमा मौसम प्रायः सफा रहनेछ। राति पनि मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षा हुने सम्भावना कोशी, बागमती, र गण्डकीका एकदुई स्थानमा कायम रहनेछ।

यात्रा वा बाहिरी गतिविधि गर्दा यी सम्भावित मौसमी परिवर्तनहरूलाई ध्यानमा राख्न मौसमविद्हरूले सुझाव दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend