आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

 

२३ जेठ, काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन्। यस्तै, आज दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्ने छ। सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend