शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै

फाइल फोटो

१४ असार, काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ। वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend