७ असार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै छ। कांग्रेसले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको छ।
त्यसअघि २ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ। सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend