रामप्रसाद बन्जाडे , अर्घाखाँची।
३१ जेठ, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ३ धारापानीका गाउँ टोल रातामाटा ओखरथुम निबासि महेन्द्र भुसालबाट गाउँ टोल मा लागेको आगलागी पीडितका परिवार लाई सहयोग गरेका छन ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका(३ धारापानीमा बैशाख ८ गतेको आगलागी पीडित परिवार लाई सहयोगको अभियान चलाउने क्रममा श्री अन्नपूर्ण माबि बिधालय माथिर घर भयका महेन्द्र भुसालले नेपाली रुपैयाँ रु १५०००(पन्ध्र हजार रुपैयाँ ) सहयोग गरेका हुन ।
आगलागीबाट गाँस, बास र आवास गुमाएका पिडित परिवारलाई मलाम लगाउन पाउँदा खुशि लागेको बताए । लामो समय देखि बैदेसिक यात्रामा परिश्रम गरिरहेका भुसालले दुखि पिडित लाई सहयोग गर्ने क्रममा आफु कदापि पछि नहटेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend