सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

३१ जेठ, काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् ।उनले तीन सय ८० मत प्राप्त गरी निर्वाचित भएका हुन ।

अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन् । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएको छ ।

मतदानमा छ सय ७९ जना सहभागी भएका थिए । धुलिखेलमा आयोजित अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका हुन । जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी एक सय पाँच जना निर्वाचित भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend