२९ जेठ,काठमाडौं । आजदेखि नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशनको सुरु हुँदैछ । नेकपा एमाले गुल्मीका सचिव एवम् प्रचारप्रसार विभाग प्रमुख गणेश श्रीपालीका अनुसार बुधबारसम्म चल्ने जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा हुन लागेको अधिवेशनको लागि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, केन्द्रीय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागी हुनेछन् ।
अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend