शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

फाइल तस्बिर

२८ जेठ, काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सवा १ बजे बैठक बस्ने संसद् सचिवालले जनाएको छ। बैठकमा सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराई टेबुल गर्ने कार्यसूची छ।

त्यसैगरी सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend