फाइल तस्विर
२२ जेठ,नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दुमा हावाहुरिको कारण रुख ढलेर च्यापिदा एक पुरूषको मृत्यु भएको छ । आज बिहान मध्यबिन्दु नगरपालिका(१२ स्थित ठुलोपोखरा सामुदायिक बनमा बाख्रा चराउन गएका एक पुरूषको रूख ढलेर च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलका अनुसार बिहान करिब ८ः३० बजेको समयमा बाख्रा चराउन गएका ज्वाइथर बस्ने बर्ष ६९ को चित्र बहादुर थापालाई हावाहुरिको कारण रुख ढलेर च्यापेको र घटनास्थलमा तत्कालै प्रहरी गई च्यापिएको रूखबाट थापालाई बाहिर निकाल्दा नै मृत्यु भैसकेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend