२० जेठ, लुम्बिनी । लुम्बिनी प्रदेश सभा पूर्व सदस्य निर्मला क्षेत्रीले लुम्बिनी प्रदेश सरकारले बजेट तथा योजना तर्जुमाका लागि सबै क्षेत्रहरूलाई सहभागिता गराइ बृहत रुपमा छलफल तथा अन्तक्र्रिया गरेर जानुपर्ने सुझाव दिएकी छिन । नेपाली काङ्ग्रेस संसदीय दलको पुर्ब सचेतक समेत रहेकी उनले संघीयताको मर्म अनुसार प्रदेशको औचित्य र यसलाई बलियो बनाउने गरि बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गरिन ।
उनले प्रदेश सभासदले योजना छनोट गर्दा बिगतका बर्षहरूमा मुख्यमन्त्री र मन्त्रीहरूले सत्तालाई दुरूपयोग गरि आफ्नो निर्वाचन क्षेत्रमा बजेट फिजाउने अन्य सभासदहरू र जिल्लालाई निरासा बन्ने परम्परा निरुत्साहित गरी जिल्लाहरुको आबश्यकता आधारमा बजेट बिनियोजित गर्नुपर्ने आबश्यक देखिएको बताइन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend