२१ जेठ, विराटनगर । कोसी प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बस्दै छ । बैठकमा प्रदेश प्रमुख खापुङले नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची छ । बैठकमा नेपाली कांग्रेसका सांसद पनि सहभागी हुने भएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend