२० जेष्ठ,काठमाडौं । नेपालमा पहिलोपटक आयोजित आलु शिखर सम्मेलन बिहीवार सम्पन्न भएको छ । विश्वभरि विभिन्न रुपमा प्रथम आलु शिखर सम्मेलन मनाउंदै गरेको परिप्रेक्ष्यमा नेपालमा पनि पहिलोपल्ट आल शिखर सम्मेलन २०२४ आयोजनामा आएको थियो । नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन ९एफ ए ओ० तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त उक्त आलु शिखर सम्मेलन आयोजना गरेका हुन् । आलुसंग प्रत्यक्ष जोडिएका कृषक, उद्योगी, ब्यापारी लगायत सम्पूर्ण सरोकारवालाहरुको विचार, अनुसन्धान र ज्ञानको आदान–प्रदान गर्दै प्रदर्शनीसहित उक्त शिखर सम्मेलनको आयोजना गरिएको हो । ।समग्र रुपमा नेपालको कृषि क्षेत्रकै उत्थानको प्रमुख उद्देश्यका साथ आयोजित सम्मेलनमाझ प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा कृषि तथा पशुपन्छी वि कास मन्त्री ज्वाला कुमारी साहले आपूm मन्त्रीको रुपमा पहिलो पल्ट शपथ लिंदा नै यो दशकलाई कृषि लगानीकोदशकको रुपमा लिने संकल्प लिएको स्मरण गर्दै आलुको शिखर सम्मेलन हुनु एक प्रकारले सुखद रहेको बिचार व्यक्त गर्नुभयो । सम्मेलनमा हुने छलफलबाट निस्केका निचोडहरुले मन्त्रालयलाई उर्जा दिने बिश्वास पनि मन्त्री साहले व्यक्त गरिन ।
नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले आलु एक कृषि उपजकै रुपमा तथा आम मानिसकै लागी पनि अति आवश्यकीय एवं महत्वपूर्ण उपजको रुपमा रहेको बताइन । उनले विगतको तुलनामा वर्तमान समयमा यसको कृषिको प्रणाली, सीप, प्रविधि लगायत विविध पक्षको विकासले बृद्धि भईरहेको भएता पनि कृषिमा छिमेकी मूलुकहरुमा भईरहेको विकास र बृद्धिको दाजोमा धेरै सिक्न र गर्न बाकी नै रहेको बताइन । त्यसैगरि राणाले यो शिखर सम्मेलनको विभिन्न प्यानल डिस्कशनमा छलफल भएर आउने सुझावहरुले आगामी दिनको लागी हाम्रो अर्थतन्त्रको उत्थानको लागी एउटा नया“दिशा दिन सहयोगी बन्ने बिश्वास समेत व्यक्त गरिन ।
पहिलो सेशनमा वक्ताको रुपमा सिन्धुपाल्चोकका कृषक मोहन श्रेष्ठले उत्पादक र बजारको बीचमा ठूलो खाडल रहेकोले उक्त खाडल पुर्न सरकारी पक्षले उपर्युक्त नीति ल्याएर सम्बोधन गर्न‘पर्ने बताए । विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) नेपालका सहायक प्रतिनिधि डा। बिनोद शाहले आलु मात्र दीगोपनको र खाद्य शुरक्षाको दृष्टिकोणबाट पनि प्रचुर सम्भावना बोकेको एउटा यस्तो ।कृषि उपज हो भन्नु हुदैे यसको विकासबाट स्थानीय तवरमा पनि रोजगारी सिर्जना गरेर जिबिकोपार्जनमा आत्मनिर्भर बनाउने सामथ्र्य यसले राख्ने उल्लेख गरे । साथै उहाँले कृषिमा आत्मनिर्भर बन्न र यसको विकासको लागी विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) ले नेपाल सरकार, कृषक तथा नीजी क्षेत्रसँग पनि सहकार्य गर्दै आईरहेको पनि बताए ।
उक्त आलु शिखर सम्मेलनमा कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितले नेपालमा आलुको वर्तमान अवस्था बिषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन । त्यस्तै फस्र्ट च्वाईस पूmड्स प्रा।लि।बुटवलको तर्फबाट एग्रोनेमिष्ट श्याम प्रसाद ढकालले मूल्य श्रृंखलामा निजी क्षेत्रको सहभागीता बिषयमा प्रस्तुति दिएका थिए । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा। दिपक कुमार खरालले आलु लगायत कृषि उपजको उत्पादन बृद्धि तथा बजारसंगको सम्बन्ध बिकासको लागी मन्त्रालयले नीति तथा कार्यक्रम तयार गरेर गर्न सक्ने वा सघाउन सक्ने क्षेत्रको बिषयमा सम्मेलनले राय सुझाव दिएर मन्त्रालयलाई सघाउन सकिने बिचार ब्यक्त गरे ।
आज प्रबिधिले ठूलो फड्को मारि सकेको अवस्था छ र कृषिमा पनि प्रबिधिको विकासको क्षेत्रमा हामीकहां भएका विभिन्न शैक्षिक संस्थाहरुले थप भूमिका खेल्न सक्ने धारणा ब्यक्त गर्दै यस सम्मलेनबाट प्राप्त प्रतिवेदन, सुझावले मन्त्रालयलाई सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend