शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

तीन पत्रकारलाई ‘टेलिफिल्म अवार्ड’

तीन पत्रकारलाई ‘टेलिफिल्म अवार्ड’

खबरब्रेकिंग,काठमाडौं,जेठ २९ गते। तीन पत्रकार ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट सम्मानित भएका छन् । दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील भई हाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)का सचिव टंक कार्की, तीन दशकदेखि पत्रकारितामा संलग्न राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण कार्की सम्मानित भएका हुन्।

उनीहरुलाई बक्स अफिस इन्टरनेसनल ग्रुपले सम्मान गरेको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले यस प्रकारको सम्मानले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन मिल्ने बताए। कार्यक्रममा टेलिफिल्म क्षेत्रका विभिन्न विधाका उत्कृष्टहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend