खबरब्रकिंग,काठमाडौं,जेठ२६ गते। आज काठमाडौंमा राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखी बिरोध प्रदर्शन गर्ने भएको छ ।
दिउँसो २ बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend