शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

नातावाद र कृपावाद हावी हुदै गए इमानदार नेता, कार्यकर्ताहरुले पार्टी भित्र बिद्रोह गर्ने छनः रिजाल

नातावाद र कृपावाद हावी हुदै गए इमानदार नेता, कार्यकर्ताहरुले पार्टी भित्र बिद्रोह गर्ने छनः रिजाल

फाइल फोटो
खबरब्रेकिंग, काठमाडौँ , जेठ २५ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले जुन सुकै पार्टीमा पनि योग्य र सक्षम युवाले पार्टीमा अबसर पाउनु पर्ने बताएका छन । आज खबरब्रेकिंग संगको छोटो कुराकानीमा उनले यस्तो बताएका हुन ।
नेपालका जुन सुकै पार्टीमा पनि नातावाद र कृपावाद हावी हुदै गएको र यसले पार्टीलाई कमजोर बनाउने निश्चित भएको उनको भनाई छ । पार्टीमा नातावाद र कृपावाद हावी हुदै गए इमानदार नेता, कार्यकर्ताहरुले पार्टी भित्र बिद्रोह गर्ने उनले बताए । काम गर्न सक्ने कार्यकर्ताहरुलाई पार्टीले उचित ठाउँ र अबसर दिनु पर्ने रिजालको माग छ । एमालेमा आफूले समेत उचित अबसर नपाएको उनले गुनासो गरे । उनले भने, ”पार्टीका लागी दिन रात खटेको छु तर अहिले सम्म कुनै जिम्मेवारी पाएको छैन । यो कुरामा मलाई दुख्ख लागेको छ । नेतृत्वले आस्वासन मात्र दियो, परिणाम दिन सकेन ।नातावाद र कृपावाद हावी हुदै गए इमानदार नेता, कार्यकर्ताहरुले पार्टी भित्र बिद्रोह गर्ने छन ।” पार्टीले आफूलाई राम्रो जिम्मेवारी दिए पार्टीका लागी महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend