फाइल फोटो
खबरब्रेकिंग, काठमाडौँ , जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको उद्घाटन गर्न बुटवल जान लागेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको २०७७ साल फागुन १ गते शिलान्यास गरेका थिए । केबलकारको दूरी दुई किलोमिटर ६ सय मिटर रहेको छ ।
केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एक बाकसमा एकपटकमा ८ जना यात्रु सवार गर्न सक्नेछन् । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend