खबरब्रेकिंग, कालीकोट, जेठ २५ गते । कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । रास्कोट नगरपालिका वडा नम्बर–२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उहाँकी श्रीमती मैना शाहीको ज्यान गएको हो। दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते भएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend