सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पेस गर्न ताकेता

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पेस गर्न ताकेता

खबरब्रेकिंग, काठमाडौं,जेठ २३ गते । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पेस गर्न ताकेता गरेको छ । पहिलोपटक सूचना हुँदा विवरण नपठाउने विद्यालयलाई महानगरपालिकाले दोस्रोपटक सूचना जारी गर्दै विवरण पेस गर्न ताकेता गरेको हो ।

मेयर बालेन्द्र शाह (बालेन) का अनुसार महानगरपालिकाले पहिलोपटक यही १० जेठमा सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस गरेनन् ।

महानगरपालिकाले पुनः सूचना जारी गर्दै यही २८ जेठभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । सो अवधिमा पनि विवरण पेस नगरे त्यस्ता विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने मेयर शाहले चेतावनी दिएका छन् ।

‘यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ,’ उनले भने सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘सबै विवरण प्राप्त भएपछि हामी छात्रवृत्तिको लिस्ट सार्वजनिक गर्नेछौँ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend