खबरब्रेकिंग, काठमाडौं,जेठ २३ गते । ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने भएको छ ।सो महोत्सव कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रितिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
आगामी ४ देखि ६ असोजसम्म गरिने महोत्सव रेडचेरी मिडिया प्रालि र कर्णाली प्रदेश सरकारको आयोजनामा हुन लागेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend