फाइल तस्विर
खबरब्रेकिंग,काठमाडौं, जेठ २२ गते । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले अहिले सम्म पार्टीका लागी यति धेरै काम गर्दा पनि आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै फेरि नेतृत्व प्रति गुनासो गरेका छन । उनले आफूलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिए हलिले खेत जोते जस्तै आफू जोतिन तयार भएको बताए ।
उनले पार्टीलाई बलियो र शक्तिशाली बनाउने योजना र रणनीति साथ अघि बढने बताए । उनले आफू संग भएकोक्षमता र योग्यता सहि ठाउँमा सदुपयोग गर्न नपाएको बताए । भएको जागीर र पेशा ब्यवसाय सबै छाडेर आफू राजनीतिमा आएको उनले बताए । महत्वपूर्ण जिम्मेवारीका साथ पार्टी नेतृत्वले बिश्वास गरे देश र जनताको सेवा गर्न आफू तयार भएको उनले बताए । राजनीति भनेको समाजसेवा भएकोले आफूले ब्यक्गित कुनै स्वार्थ नराखि देशको सेवा गर्न राजनीमिा प्रबेश गरेको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend