खबरब्रेकिंग, काठमाडौं, जेठ २१ गते । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ। आइतबार उनका पिता जगन्नाथ भुसालको ९७ बर्षको उमेरमा निधन भएको छ। जगन्नाथको आज बिहान ७ बजे निधन भएको हो। उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका(९ स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend