खबरब्रेकिंग,काठमाडौं, जेठ १९ गते । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सूचना प्रकाशित गर्दै नयाँ सदस्यका लागि इच्छुकहरुबाट आवेदन माग गरेको हो।
सूचना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेश गर्न भनिएको छ।
हेर्नुहोस् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निकालेको विज्ञापनः

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend