आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

देशभर आंशिक बदली, कतै-कतै वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतै-कतै वर्षाको सम्भावना

 

१३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ। यस मौसमीय प्रणालीका कारण आज देशभर विशेष गरी पहाडी तथा उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी क्षेत्रका केही स्थान र अन्य भूभागका एक-दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।

आज रातिको पूर्वानुमान:
मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहनेछ। ती क्षेत्रमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend