आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

शिवप्रसाद सत्यालको नेतृत्वमा अनलाइन पत्रकार संघको नयाँ कार्यसमिति निर्विरोध चयन

शिवप्रसाद सत्यालको नेतृत्वमा अनलाइन पत्रकार संघको नयाँ कार्यसमिति निर्विरोध चयन

 

जेठ १०, काठमान्डौ । अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४औं वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने तथा सदस्यहरूमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन भएका छन् ।

संस्थापक अध्यक्ष केपी ढुङ्गानाको नेतृत्वमा गठित निर्वाचन समितिले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले अनलाइन पत्रकारिता क्षेत्रको बढ्दो प्रभावका बीच सत्याल नेतृत्वको नयाँ कार्यसमितिले थप जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।

अनलाइन पत्रकार संघले पछिल्लो दशकमा डिजिटल सञ्चारको क्षेत्रमा नीति निर्माणदेखि व्यावसायिक हकहितका मुद्दा उठाउँदै सक्रिय भूमिका खेल्दै आएको छ । नयाँ नेतृत्वसँग अनलाइन पत्रकारिता क्षेत्रको विश्वसनीयता, मर्यादा र व्यावसायिकता सुदृढ हुने अपेक्षा गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend