९ जेठ, काठमाडौं । हाल देशभरि पश्चिमी प्रणाली र स्थानीय वायुले मौसममा प्रभाव जमाइरहेका छन्। बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाले समेत आंशिक असर देखाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली हुने देखिन्छ। बाँकी भू–भागमा भने मौसम सामान्यतः खुल्ला रहने सम्भावना छ।
केही पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ। त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने देखिएको छ।
आज रातिसम्म पनि कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगहरूमा बादल लाग्ने र कतै–कतै चट्याङसहितको वर्षा देखिन सक्ने जनाइएको छ। उच्च पहाड र हिमालतर्फ फेरी पनि हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको मौसमविद्हरूको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend